उम्मेदवार
पूर्व उद्योगमन्त्री अनिलकुमार झा २०२४ साल असोज १५ गते रौतहटको मत्सरीमा जन्मिनु भएको हो । प्रारम्भिक शिक्षा गाउँकै सरस्वती मावि पिपरा भलोहीयाबाट पूरा गरेका झाले अमृत साइन्स क्याम्पस, काठमाडौंबाट स्नातक गर्नुभयो । २०४६ सालको जनआन्दोलनमा १ महिना थुनामा परेपछि पूर्णकालीन राजनीतिमा होमिएका झा बहुदलीय व्यवस्था आएपछि खुलेको दल नेपाल सद्भावना पार्टीमा स्थापनाकालदेखि नै आबद्ध हुनुभयो । पार्टीको सह–महासचिवसम्म भएका झा पार्टी विभाजनपछि बनेको संघीय सद्भावना पार्टीको अध्यक्ष हुनु भएको थियो । हार्वर्ड विश्वविद्यालय अमेरिकाबाट द्वन्द्व व्यवस्थापनसम्बन्धी तालिम लिएका अनिल झा एकदर्जनभन्दा बढी यस्ता तालिममा सहभागी भइसक्नु भएको छ । २०७० सालको चुनावमा संघीय सद्भावना पार्टीबाट उठेका झा रौतहट क्षेत्र नं. १ बाट पराजित हुनुभएको थियो । राजपा अध्यक्ष मण्डलका सदस्य झा हाल दुर्गा भगवती गाउँपालिका मत्सरीमा बस्नुहुन्छ ।
थप उम्मेद्‌वारहरू