उम्मेदवार
मोहम्मद आफताब आलम नेपाली कांग्रेस
पूर्वमन्त्री मोहम्मद अफताव आलमको जन्म २०१९ आषाढ ५ गते राजपुर फरहदवा, रौतहटमा भएको हो । बुवा मोहम्मद सिद्धिकी वेदी र आमा मजिवुनबाट जन्मिएका आलमका एक छोरी र दुई छोरा छन् । आलमले विज्ञान संकायबाट स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । २०३४ सालमा राजनीतिमा प्रवेश गरेका आलम २०६४ सालमा भएको संविधानसभा चुनावमा रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । आलमले १६ हजार ८ सय १ मत प्राप्त गर्नुभएको थियो । तर २०७० सालको चुनावमा उहाँ यसै क्षेत्रमा पराजित हुनुभयो । आलम नेकपा एमालेका नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा श्रम तथा यातायात व्यवस्था मन्त्री हुँदा यातायात व्यवस्था विभागमा भ्रष्टाचार नियन्त्रणका लागि राखिएको सीसीटीभी निकाल्न खोजेर विवादमा पर्नुभएको थियो । यसैगरी वैदेशिक रोजगारमा जाने कामदारबाट कल्याणकारी कोष वापत संकलन गरिने रकमको समेत दुरुपयोग गरेको भन्दै आलोचनामा पर्नुभएको थियो । आलम नेपाली कांग्रेस रौतहटको सभापति पनि हुनुभएको थियो ।
थप उम्मेद्‌वारहरू