उम्मेदवार
सुरेन्‍द्र प्रसाद चौधरी नेपाली कांग्रेस
नेपाली कांग्रेसका नेता पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीको जन्म २०१५ साल भदौ २७ गते पर्साको पथरैयामा भएको हो । उहाँका बुवाको नाम रामदयाल चौधरी र आमाको नाम लक्ष्मीदेवी हो । उहाँका एक छोरा छन् । चौधरीले अंगे्रजी साहित्यमा एमए र अन्तर्राष्ट्रिय अर्थशास्त्र विषयमा स्नातक गर्नुभएको छ । बिभिन्न समयमा १४ पटक पक्राउ परेका चौधरीले ८ वर्ष जेलमा बिताउनु भएको छ । २०३३ सालदेखि उहाँले एसके मल्टिपल क्याम्पसमा अध्यापन गराउनुभयो । बुवा रामदयाल चौधरी कांग्रेसको मुक्ति सेनामा भएकाले उहाँलाई सानै उमेरदेखि राजनीतिमा लाग्न प्रेरणा मिल्यो । २०२७ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भएर काम थालेका चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत बन्नुभयो । उहाँ २०४८, २०५१ र २०५६ सालको चुनावमा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । २०४८, २०५२ र २०५६ सालमा गरि तीनपटक मन्त्री हुनुभयो । उहाँ वाणिज्य तथा आपूर्ति र विज्ञान तथा प्रविधिमन्त्री हुनु भएको थियो । पहिलो संविधानसभा चुनावमा पर्सा ४ बाट पराजित भएका चौधरी २०७० सालको चुनावमा पर्सा ४ बाट १२ हजार ४ सय ६३ मत ल्याएर विजयी हुनु भएको थियो ।
थप उम्मेद्‌वारहरू