उम्मेदवार
विजय राज घिमिरे नेपाली कांग्रेस
नेपाली कांग्रेसका नेता विजयराज घिमिरेको जन्म २०२५ असार ३० गते रामपुर पाल्पामा भएको हो । २०३८ सालमा श्रीरामतुल्सी मावि रामपुर पाल्पाको नेविसंघ इकाई सचिव हुँदै उहाँले राजनीति सुरु गर्नुभएको हो । गण्डकी मावि लामाचौर पोखराबाट एसएलसी उत्तिर्ण गरेका घिमिरेले त्रिभुवन बहुमुखी क्याम्पस तानसेनबाट २०५० सालमा व्यवस्थापनमा स्नातक गर्नुभयो । उहाँले भारतबाट चार्टड एकाउण्टेण्ट पढ्नुभयो । २०४३ सालमा अमृत साइन्स कलेजको स्ववियू सदस्य हुँदै २०४४ सालमा नेपाली कांग्रेस जिल्ला सदस्य बनेका घिमिरे २०४७ सालमा कांग्रेस जिल्ला सचिव बन्नुभयो । २०५६ सालको संसदीय चुनावमा नेपाली कांग्रेसका उम्मेदवार टंकनाथ काफ्लेको प्रचारप्रसारका क्रममा निधन भएपछि घिमिरेलाई कांग्रेसले उम्मेदवार बनाएको थियो ।
थप उम्मेद्‌वारहरू