उम्मेदवार
बृजेश कुमार गुप्ता स्वतन्त्र
बृजेश कुमार गुप्ताको जन्म २०२७ सालको मंसिर १ गते भएको हो । बिएस्सी इन्जिनियरिंग (इलेक्ट्रिकल) सम्मको अध्ययन गर्नु भएका गुप्ताले बुद्धपद्म मावि तौलिहवाबाट एसएलसी, भारतको शिवपत इन्टरकलेज सोहरतगढबाट प्रविणता प्रमाणपत्र तह र भारतकै अलिगढ मुस्लिम युनिभर्सिटी उत्तर प्रदेशबाट इन्जिनियरिंग गर्नुभएको हो । उहाँ २०५६ सालमा राष्ट्रीय प्रजातन्त्र पार्टीबाट सांसदमा निर्वाचित हुनु भएको थियो । गुप्ता पहिलो संविधानसभा २०६४ र दोस्रो संविधानसभा २०७० को चुनावमा पनि विजयी हुनुभयो । २०७० सालको संविधानसभामा ९ हजार २ सय २३ मत प्रात गरी विजयी हुनुभएका गुप्ता कानूनमन्त्री र भौतिक योजना तथा निर्माण मन्त्री हुनुभएको थियो । तमलोपा हँुदै राजपामा आएका बृजेश राजपा पनि परित्याग गरेर स्वतन्त्र भएको घोषणा गर्नु भएको थियो । तर उहाँले एमालेबाट टिकट लिएर सूर्य चिन्हमा चुनाव लड्ने निर्णय गर्नु भएको थियो । उहाँ हाल कपिलवस्तु नगरपालिका वडा नम्बर २ मा बसोबास गर्नुहुन्छ ।
थप उम्मेद्‌वारहरू