उम्मेदवार
नेकपा एमाले सुर्खेतका अध्यक्षसमेत रहेका नेता धु्रव शाहीको जन्म २०२७ साल जेठमा मालारानीमा भएको हो । नेता शाहीले माध्यामिक तहसम्मको शिक्षा जनसेवा मावि खहरे सुर्खेतबाट पूरा गर्नुभएको हो । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट आइए पास गरेका ध्रुव शाहीले सोही क्याम्पसबाटै स्नातक र अहिले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्दै हुनुहुन्छ । २०४५ सालमा अखिल छैठौंबाट राजनीति सुरु गरेका नेता शाही २०५४ सालमा मालारानी गाविसको अध्यक्ष हुनुभएको थियो । २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पनि सुर्खेतबाट उम्मेदवारी दिए पनि उहाँ पराजित हुनुभएको थियो । नेता शाही २०७२ सालदेखि नेकपा एमाले सुर्खेतको पार्टी अध्यक्ष हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू