उम्मेदवार
हृदयराम थानीको जन्म विक्रम संवत २०१६ साल जेठमा गढी गाविसको बयलकाँडा, सुर्खेतमा भएको हो । उहाँको बुवाको नाम पद्मलाल थानी र आमाको नाम देवी थानी हो । विद्यालय शिक्षा जनमाध्यामिक विद्यालय सुर्खेतबाट पूरा गरेका थानीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ । उहाँले ०३६ सालदेखि विद्यार्थी संगठनमार्फत राजनीति सुरु गर्नुभएको हो । थानी नेपाली कांग्रेसको तेह्रौ महाधिवेशनबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ । राज्य व्यवस्था समितिका सभापतिसमेत भइसकेका थानी २०५६ सालमा सांसद हुनुभएको थियो । यस्तै उहाँ २०७० सालमा सुर्खेतबाट प्रत्यक्षमा निर्वाचित हुनुभएको थियो । २०५१ सालको चुनाव र २०६४ सालमा संविधान सभा चुनावमा भने उहाँ पराजीत हुुनुभएको थियो । नेता हृदयराम थानी २०७३ सालमा प्रचण्ड नेतृत्वको सरकारमा गरिवी निवारण तथा सहकारी मन्त्री हुनुहन्थ्यो । उहाँसँग स्थानीय निकाय संचालनको समेत अनुभव छ । थानी ०४९ सालमा वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १ को वडा अध्यक्ष हुनुहुन्थ्यो ।
थप उम्मेद्‌वारहरू