उम्मेदवार

२०२६ सालको भदौ महिनामा बर्दियाको बारबर्दिया नगरपालिका २ मा जन्मिएका सन्तकुमार थारु माओवादीका युवा नेता हुनुहुन्छ । युवक मावि जोगिगाउँ बर्दियाबाट एसएलसीसम्मको पढाइ पूरा गरेका थारुले भारतको रामजानकी कलेज रुपैडियाबाट आइए पास गर्नुभएको छ । माओवादीले जनयुद्ध थालेदेखि नै उहाँ पार्टीमा प्रवेश गर्नुभएको हो । २०५३ सालमा माओवादी प्रवेश गरेर राजनीति थालेका थारु माओवादीभित्रका खरा लडाकु हुनुहुन्थ्यो । विभिन्न आक्रमणको नेतृत्व गरेका थारुले माओवादीको जिल्ला सेक्रेटरी हुँदै बटालियन कमिस्नरसम्म बन्नुभएको थियो । २०६४ सालको चुनावमा बर्दियाबाट चुनाव जितेका थारु २०७० सालको चुनावमा पनि विजयी हुनुभयो । उहाँ अहिले माओवादीको पोटिलब्युरो सदस्य हुनुहुन्छ ।

थप उम्मेद्‌वारहरू