उम्मेदवार
गोपाल दहितको जन्म २०२४ सालको जेठमा बर्दियाको राजापुर नगरपालिका जोधपुरमा भएको हो । उहाँका बुवाको नाम खुमलाल दहित र आमाको नाम कल्टी दहित हो । किसान मावि बादलपुरबाट एसएलसीसम्मको पढाइ सकेका दहितले नेपाल कमर्स क्याम्पसबाट व्यावस्थापनमा स्नातकोत्तर, नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक र बौद्ध धर्मको विषयमा विद्यावारिधी गर्नुभएको छ । २०४४ सालदेखि प्रजातान्त्रिक धारको राजनीति सुरु गरेका दहितले सक्रिय राजनितीलाई भन्दा पनि अध्ययन अनुसन्धालाई प्राथमिकता दिनुभयो । जातीय अधिकारका लागि आन्दोलन चर्किएसँगै सक्रिय राजनीतिमा लागेका दहित २०७० सालको चुनावमा थरुहट तराई पार्टीका समानुपातिक सांसद बन्नुभयो । दहित २०७४ को वैशाखमा फोरम लोकतान्त्रिकमा प्रवेश गर्नुभएको थियो । फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबिच एकता भएपछि उहाँ अहिले कांग्रेका नेता हुुनुहुन्छ । उहाँ अहिले भूमिसुधार मन्त्री हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू