उम्मेदवार
नेकपा एमालेका जिल्ला सचिव यज्ञबहादुर बोगटीको जन्म २०३२ सालको माघ ४ गते भएको हो । षोडशादेवी माध्यामिक विद्यालय मंगलसैन अछामबाट एसएलसी दिएका यज्ञबहादुरले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । षोडशादेवी माध्यामिक विद्यायलयमा २०४६ सालमा अनेरास्ववियूको प्रारम्भिक कमिटी सचिवबाट राजनीति सुरु गरेका बोगटी २०६५ सालमा एमालेको जिल्ला सचिव हुनुभएको हो । २०४९ सालमा अनेरास्ववियूको जिल्ला सदस्य, २०५१ सालमा सचिव र त्यही वर्ष अनेरास्ववियूको संयोजक हुनुभयो । २०५२ सालमा अनेरास्ववियूको राष्ट्रिय परिषद सदस्य बनेका बोगटी २०५५ सालदेखि २०६४ सम्म नेकपा एमालेको जिल्ला सदस्य हुनुभयो । २०६५ सालमा जिल्ला कमिटिको सचिव चुनिएका बोगटी हालसम्म पनि सचिव हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू