उम्मेदवार
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य गौरीशंकर चौधरीको जन्म २०३८ सालमा कैलालीको बसौटीमा भएको हो । उहाँ यसअघि २०७० सालको चुनावमा कैलाली क्षेत्र नम्बर ४ बाट ११ हजार ९ सय ६२ मत ल्याएर विजयी हुनु भएको थियो । २०७३ सालमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उहाँ कृषि मन्त्री हुनुभयो । २०६४ सालको चुनावमा माओवादीको थरुहट प्रदेशमा वाइसिएलको चुनावी कमाण्डर भएका चौधरी २०६३ सालमै माओवादीको केन्द्रीय सदस्य हुनु भएको थियो । उहाँले एसएलसी सम्मको अध्ययन पूरा गर्नु भएको छ । एसएलसी उत्तीर्ण गरेपछि माओवादीको जनयुद्धमा लाग्नुभयो । २०५३ सालमा माओवादी सेनाको जनमिलिसिया भएका चौधरी विभिन्न तहमा काम गर्दै २०५९ सालमा बटालियन सहायक कमाण्डर हुनुभयो । २०६० मा बटालियन कमाण्डर भएका गौरीशंकर जनयुद्धको अन्त्यतिर ब्रिगेड कमाण्डर भैसक्नु भएको थियो ।
थप उम्मेद्‌वारहरू