उम्मेदवार
रमेश लेखकको जन्म २०२० सालको मंसिरमा बैतडीमा भएको हो । बैजनाथ मावि कञ्चनपुरबाट एसएलसीसम्मको अध्ययन गरेका लेखकले सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरबाट आइएस्सी पूरा गर्नुभएको छ । लेखकले लखनउ विश्वविद्यालयबाट एमए र लखनउ विश्वविद्यालयबाटै कानुनमा स्नातक गर्नुभएको छ । २०३७ सालदेखि राजनीति थालेका लेखक २०५६ सालमा प्रतिनिधिसभा सदस्य हुनुभयो । २०६४ सालमा पनि चुनाव जितेका लेखकले २०७० सालको चुनावमा पनि कञ्चनपुर क्षेत्र नम्बर ४ बाट १४ हजार २३ मत ल्याएर विजयी हुनुभएको थियो । अहिले नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका लेखक २०६३ सालमा श्रम मन्त्री हुनुभएको थियो । रमेश लेखक २०७३ सालमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री पनि हुनुभएको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि लेखकले सरकारी वार्ता टोलीको सदस्य भएर काम गर्नुभएको थियो ।
थप उम्मेद्‌वारहरू