उम्मेदवार
चिनक कुर्मीको जन्म वि.सं.२०२१ साल पौष १५ गते रामग्राम नगरपालिका –४, नवलपरासीमा भएको हो । उहाँका बुवाको नाम कतारु कुर्मी र आमाको नाम मुरार्ती कुर्मी हो । कुर्मीका दुई छोरी र तीन छोरा छन् । कुर्मीले १० कक्षा उत्तीर्ण गर्नुभएको छ । कुर्मीले वि.सं.२०४६ सालदेखि नेकपा एमालेबाट राजनीति सुरु गर्नुभएको हो । नेकपा एमालेको इलाका सदस्य तथा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको नवलपरासी सचिव रहेकै समयमा कुर्मी २०५४ सालमा नेकपा माओवादीमा प्रवेश गर्नुभएको थियो । २०५६ सालदेखि भूमिगत राजनीति गरेका कुर्मी २०५८ सालमा नेकपा माओवादीको जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो । सशस्त्र विद्रोहकालमै उहाँ तत्कालीन नेकपा माओवादीले गठन गरेको जनसरकारको रुपन्देही जिल्ला प्रमुख हुनुहुन्थ्यो । कुर्मी २०६४ सालमा भएको संविधानसभा चुनावमा नेकपा एमालेका वैजनाथ चौधरीलाई पराजित गरेर विजयी हुनु भएको थियो । उहाँ अहिले नयाँ शक्ति पार्टीमा आवद्ध हुनुहुुन्छ ।
थप उम्मेद्‌वारहरू