उम्मेदवार
२०२६ सालमा रुपन्देहीको रोहिणी –५, तरकुलहामा जन्मिएका घनश्याम यादव अहिर रुपन्देहीका पुराना नेता हुनुहुुन्छ । नवलपरासी बसाईँ सरेका यादवले आदर्श मावि परासीमा एसएलसीसम्म र भारतबाट आइए पास गर्नुभएको छ । २०३८ सालमा अनेरास्ववियू छैठौ प्रवेश गरेर राजनीति सुरु गरेका यादव २०४२ सालमा पातलो मसालमा आवद्ध हुनुभयो । २०५२ सालदेखि २०५६ सालमा एमालेमा रहेका यादव २०५६ सालको चुनाव हारेपछि माओावादीमा प्रवेश गर्नुभएको थियो । २०६४ सालमा रुपन्देही क्षेत्र नम्बर १ बाट विजयी भएका यादव २०६६ सालमा स्थानीय विकास राज्यमन्त्री हुनुभएको थियो । उहाँ अहिले माओवादीको पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू