उम्मेदवार

एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य हुनुभएका एमाले नेता सोम प्रसाद पाण्डेको जन्म २०१६ सालको असारमा पाल्पाको मदनपोखरामा भएको हो । इश्वरीप्रसाद पाण्डे र कमला पाण्डेका छोरा सोमप्रसादका २ छोरा र १ छोरी छन् । उहाँले त्रिभुवन विश्वविधालय काठमाण्डौंबाट कानुनमा स्नातक तह उत्तीर्ण गर्नुभएको छ । शारदा मावि मदनपोखराबाट एसएलसी दिएका पाण्डेले २०४४ सालमा दमकडा पाल्पामा अध्यापन समेत गराउनु भएको छ । २०२७ सालमा उहाँले राजनीति सुरु गर्नु भएको हो ।

माक्र्सवादी हुँदै माले र पार्टी एकतापछि एमालेमा रहनुभएका पाण्डे २०५१ सालमा पहिलो पटक सांसदमा निर्वाचित हुनुभएको थियो । ५ वर्षपछि ०५६ सालमा भएको प्रतिनिधि सभाको चुनावमा पनि पाण्डे पाल्पा क्षेत्र नम्बर २  बाटै निर्वाचित हुनुभयो । २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित भएका पाण्डे २०७० सालको चुनावमा भने यही क्षेत्रबाट विजयी हुनुभयो । चुनाव जितेपछि २०७२ सालमा उहाँले उद्योगमन्त्रीको जिम्मेवारी पनि पाउनुभएको थियो । २०५१ सालमा नेपाल वार एसोशिएसनको अध्यक्ष बन्नु भएका पाण्डे २०५६ सालमा एमाले जिल्ला कमिटी सदस्य हुँदै नेकपा एमाले पाल्पाको इन्चार्जसमेत हुनुभयो । पाण्डेको हालको बसाई काठमाडौंको नयाँ बानेश्वरमा छ । उहाँ एमाले वरिष्ठ नेता माधव नेपालका सम्धी हुनुहुन्छ ।

थप उम्मेद्‌वारहरू