उम्मेदवार
राजेन्द्रप्रसाद वुर्लाकोटी नेपाली कांग्रेस

राजेन्द्रप्रसाद बुर्लाकोटीको जन्म वि.सं. २०१६ माघ ११ गते धादिङको बेनीघाटमा भएको हो । उहाँको बुबाको नाम मित्रलाल बुर्लाकोटी र आमाको नाम रत्नकुमारी हो । उहाँका एक छोरा र दुई छोरी छन् । उहाँले एसएलसीसम्म अध्ययन गर्नुभएको छ ।

२०५६ सालदेखि हालसम्म नेपाली कांग्रेसको महासमिति सदस्य रहेका बुर्लाकोटी २०४२ सालमा जिल्ला पञ्चायत सदस्य हुनुभएको थियो । उहाँले नारायणी ग्यास उद्योग, नारायणी फयुल सेन्टर र काठमाडौंको सिटी अस्पतालमा लगानी गर्नुभएको छ । उहाँ २०७० सालको चुनावमा चितवन १ बाट एमालेका सुरेन्द्र पाण्डेसँग पराजित हुनुभएको थियो ।

 

थप उम्मेद्‌वारहरू