समाचार जीत सुनिश्चित गर्दै दशौं उम्मेदवार : प्राय सबै वाम गठबन्धनका
Ujyaalo

काठमाडौं, मंसिर २२ – प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये ६ वटा क्षेत्रको नतिजा सार्वजनिक भैसकेको छ । घोषित परिणाम अनुसार एमाले ४, माओवादी १ र स्वतन्त्रबाट १ उम्मेदवार विजयी भएका छन् ।

मतगणना भैरहेका धेरै ठाउँमा एमाले र माओवादीकै उम्मेदवार अगाडि छन् । यीमध्ये केही उम्मेदवारको जीत सुनिश्चित जस्तै छ । किनकी यी उम्मेदवार प्रतिष्पर्धीभन्दा दोब्बर मतले अगाडि छन् ।

रुकुम पश्चिमबाट माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा कांग्रेसका गोपालजी जंग शाहभन्दा झण्डै तेब्बर मतले अगाडि हुनुहुन्छ । उहाँले २० हजार ८ सय ८७ मत ल्याउँदा शाहको ८हजार ४ सय ३१ मात्रै मत आएको छ ।

ताप्लेजुङबाट उम्मेदवारी दिएका एमाले सचिव योगेशकुमार भट्टराई १४ हजार ५ सय ८२ ल्याएर कांग्रेसका केशवप्रसाद दाहालभन्दा झण्डै दोब्बर मतले अगाडि हुनुहुन्छ ।

धादिङ १ मा उमालेका भूमिप्रसाद त्रिपाठी प्रतिष्पर्धी उम्मेदवार भन्दा दोब्बर बढि मतले अगाडि हुनुहुन्छ । उहाँको १८ हजार ४ सय ९९ मत आउँदा कांग्रेसका विश्वप्रकाश अर्यालको ८ हजार ७ सय ७२ मत आएको छ ।

दोलखामा एमालेमा पार्वत गुरुङ पनि झण्डै तेब्बर मतले अगाडि हुनुहुन्छ । उहाँको १४ हजार ३ सय २४ र प्रतिष्पर्धी कांग्रेसका रुद्रबहादुर खड्काको ५ हजार १ सय ७१ मत आएको छ ।

दार्चुलामा एमाले उम्मेदवार गणेश सिंह ठगुन्ना, वैतडीका एमाले उम्मेदवार दामोदर भण्डारी पनि प्रतिष्पर्धी भन्दा फराकिलो मतले अगाडि छन् ।

खोटाङमा एमाले उम्मेदवार विशाल भट्टराई, सोलुखुम्बुमा माओवादी उम्मेदवार हेमकुमार राई र डोल्पामा एमालेका धनबहादुर बुढा पनि प्रतिष्पर्धी भन्दा फराकिलो मतले अगाडि छन् ।

नुवाकोटमा एमाले उम्मेदवार नारायणप्रसाद खतिवडा कांग्रेसका अर्जुननरसिंह केसीभन्दा झण्डै दोब्बर मतले अगाडि छन् । मतगणना भैरहेका सबै ठाउँमा बाम गठबन्धनका उम्मेद्वारको जीत सुनिश्चित भए झै रसुवामा कांग्रेसका मोहन आचार्यको जीत पनि सुनिश्चित देखिएको छ । रसुवामा आचार्य एमालेका जनार्दन ढकालभन्दा झण्डै दोब्बर मतले अगाडि हुनुहुन्छ ।

 

Share It

Post Comments
थप समाचार