समाचार सुनसरी ३ मा फेरि विवाद, मतगणना सुरू भएन
Ujyaalo

सुनसरी, मंसिर २२– सुरसरी तीनमा फेरि विवाद भएपछि मतगणना सुरु हुन सकेको छैन । मतगणनास्थलको सुरक्षा राम्रो नभएको भन्दै वामगठबन्धनले मतगणना गर्न नमानेको हो ।

केहि समयअघि नै त्यहाँ मत गणनाको तयारी गरिएको थियो । तर फेरि वामगठबन्धन नमानेपछि सुरु हुन सकेन । सुनसरी तीनमा नेपाली कांग्रेसका विजयकुमार गच्छदार र नेकपा एमालेकी भगवती चौधरी उम्मेदवार हुनुुहुन्छ । 

 

Share It

Post Comments
थप समाचार