समाचार पाल्पा क्षेत्र १ मा कांग्रेस र क्षेत्र नम्बर २ मा एमाले अगाडि
Ujyaalo

देव पचभैया/उज्यालो
पाल्पा, मंसिर २२ -पाल्पामा भैरहेको मतगणनामा वाम गठबन्धन र नेपाली कांग्रेसबिच प्रतिस्पर्धा देखिएको छ । प्रतिनिधिसभा तर्फ क्षेत्र नम्बर १ मा नेपाली काग्रेस अघि रहेको छ भने क्षेत्र नम्बर २ मा नेकपा एमाले अघि रहेको छ । प्रदेश सभाको चार क्षेत्र मध्ये क्षेत्र नम्बर १ को (क) मा नेपाली काग्रेस एमाले भन्दा अघि देखिएको छ भने पाल्पा क्षेत्र नम्बर २ को प्रदेशसभा सदस्यको (क) र (ख) दुबै स्थानमा वाम गठबन्धन अघि छ ।
सबैको चासोको रुपमा हेरिएको पाल्पा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा नेपाली काग्रेस भन्दा वाम गठबन्धनका एमाले उम्मेदवार अगाडि रहेका छन् । क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा वाम उम्मेद्वार एमाले केन्द्रिय सदस्य सोम प्रसाद पाण्डेले कांग्रेसका उम्मेद्वार पार्टीका केन्द्रिय सदस्य हरी प्रसाद नेपालले भन्दा झण्डै ९ सय मतले अग्रता लिनुभएको छ ।
२०४८ सालदेखि पाण्डे क्षेत्र नम्बर २ बाट र नेपाल क्षेत्र नम्बर ३ बाट सांसद बन्दै आउनु भएको थियो । तर अहिले पाल्पा दुई निर्वाचन क्षेत्रमा सिमिति भएकाले दुबै क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धामा उत्रिनुभएको हो ।
पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य (क ) मा काग्रेस का देब राज ढकालले ४३८ र बाम गठबन्धनबाट एमाले उम्मेद्वार युवराज खनालले ३५५ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्यको (क) मा काग्रेस उम्मेद्वार माधब नेपालको ५४२ मत प्राप्त हुँदा बाम गठबन्धनका एमाले उम्मेद्वार पुरन बज्राचार्यले ७९२ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नम्बर २ कै प्रदेश सभा सदस्यको (ख) मा नेपाली काग्रेसका उम्मेद्वार राम बहादुर कार्कीले ५३६ मत प्राप्त गर्दा वाम गठबन्धनका माओबादी केन्द्रका नेता तुलाराम घर्ती (बसन्त) ले १११३ मत प्राप्त गर्नुभएको छ ।
मख्य निर्वाचन अधिकृतको कार्यालय रहेको पाल्पा दरबारमा पाल्पाको मतगणना भैरहेको छ । बिहान ११ बजे देखि मतगणना गर्ने दलिय सहमति भएपनि दिउसो १ बजे पछि मात्रै मतगणना शुरु भएको हो ।

 

 

 

Share It

Post Comments
थप समाचार