समाचार सिरहा १ मा कांग्रेसका प्रदीप गिरीको अग्रता, अरु क्षेत्रमा को अघि ?
Ujyaalo

सिरहा, मंसिर २२ सिरहा क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका प्रदीप गिरीले अग्रता लिनु भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार उहाँले ५ सय ४ मत ल्याउनु भएको छ । दोश्रो स्थानमा रहेका नेकपा एमालेका गंगाप्रसाद यादवले २ सय ९९ र तेश्रो स्थानमा रहेका संघीय समाजवादी फोरमका राजलाल यादवले २ सय २६ मत पाउनु भएको छ ।

सिरहा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा पनि नेपाली कांग्रेसका रामचन्द्र यादव अघि हुनुहुन्छ । उहाँले ७ सय ८ मत पाउनु भएको छ । नेकपा माओवादीका सुरेशचन्द्र दासले ३ सय ४४ र संघीय समाजवादी फोरम नेपाकला शत्रुधन सिंह कोइरीले १ सय ६६ मत पाउनु भएको छ ।

सिरहा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा भने नेकपा एमालेका लिलानाथ श्रेष्ठ अघि हुनुहुन्छ । उहाँले १ हजार २ सय ५३ मत पाउनु भएको छ । दोश्रो स्थानमा रहेका कांग्रेसका अमर रेग्मीले १ हजार १४ र तेश्रो स्थानमा रहेका फोरम उम्मेदवार अशेश्वर यादवले ८ सय ८४ मत पाउनु भएको छ ।

सिरहा क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा भने नेकपा माओवादी केन्द्रका अजयशंकर नायकले अग्रता लिनु भएको छ । उहाँले ९ सय ४३ मत पाउनु भएको छ । राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले ४ सय ४९ र नेपाली कांग्रेसका मोख्तार अहमतदले ४ सय ३७ मत पाउनु भएको छ ।

Share It

Post Comments
थप समाचार