समाचार खोटाङमा विशाल भट्टराईलाई ५ हजार मतको अग्रता
Ujyaalo

खोटाङ, मंसिर २२– प्रतिनिधि सभाको एकमात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा वामगठबन्धनका उम्मेदवार एमाले नेता विशाल भट्टराईले ४ हजार ९ सय ६७ मतको अग्रता लिनु भएको छ ।

पछिल्ले मतपरिणाम अनुसार भट्टराईले १४ हजार १ सय ९ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धि शरस्वती वजिमयले ९ हजार १ सय ४३ मत पाउनु भएको छ । प्रदेशसभा तर्फपनि दुष्वै क्षेत्रमा वामगठबन्धनको सुरुदेखिकै अग्रता कायम छ ।

प्रदेश क मा एमालेका राजन राईको ७ हजार १ सय ६५ र नेपाली कांग्रेसका शुवासकुमार पोख्रेलको ३ हजार ९ सय ३७ मत छ । प्रदेशसभा ख मा माओवादीका रामकुमार राईको ८ हजार १ सय ७२ मत पाउँदा कांग्रेसका विष्णुकुमार राईले ५ हजार २० मत पाउनु भएको छ ।

Share It

Post Comments
थप समाचार