समाचार बाग्लुङ–२ मा माओवादीका देवेन्द्र पौडेल विजयी
Ujyaalo

बाग्लुङ, मंसिर २३ – बाग्लुङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी हुनुभएको छ ।

वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी नेता पौडेल २८ हजार ८ सय २७ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका नरबहादुर पुनले १९ हजार ९ सय ५ मत प्राप्त गर्नुभयो । पौडेलले कांग्रेसका पुनले भन्दा ८ हजार ९ सय २२ मत बढी ल्याउनुभएको हो ।

 

Share It

Post Comments
थप समाचार