समाचार कालिकोट ‘ख’ मा माओवादीका महेन्द्रबहादुर शाही विजयी
Ujyaalo

कालिकोट, मंसिर २३ – कालिकोटको प्रदेशसभा ‘ख’ मा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी हुुनुभएको छ । वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका शाही १२ हजार १ सय ५३ मतसहित विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीबहादुर सहकारीले ९ हजार ३ सय ४२ मत प्राप्त गर्नुभयो । यो क्षेत्रमा २३ हजार ५ सय ८८ मत खसेकोमा एक हजार ४ सय ५४ मत बदर भएको थियो । यसअघि प्रदेशसभा ‘क’ मा नेकपा एमालेका कुर्मराज शाही ११ हजार ९ सय ३५ मतसहित विजयी हुनुभएको थियो ।

प्रतिनिधिसभामा पनि वाम उम्मेदवारले नै अग्रता लिनुभएको छ । माओवादीका दुर्गबहादुर रावतले अग्रता लिइरहनुभएको छ ।

 

Share It

Post Comments
थप समाचार