समाचार इलाममा खनाल र नेम्वाङको अग्रता कायम
Ujyaalo

इलाम, मंसिर २३– इलाममा नेकपा एमालेका दुई प्रभावशाली नेताले सुरुदेखिनै अग्रता कायम राखेका छन् । क्षेत्र नम्बर एकमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र दुईमा पूर्व सभामुख शुवासचन्द्र नेम्वाङले अग्रता कायम राख्नु भएको हो ।

पछिल्लो मतपरिणाम अनुसार झलनाथ खनालले ९ हजार ९ सय ६९ मत पाउनु भएको छ । उहाँका प्रतिस्पर्धि कांग्रेसका भुपेन्द्र कटेलले ५ हजार ७ सय ५९ मत पाउनु भएको छ ।

यस्तै क्षेत्र नम्बर २ मा शुवासचन्द्र नेम्वाङले ६ हजार ५ सय ३ मत पाउनु भएको छ । उहाँका प्रतिस्पर्धि कांग्रेसका केशव थापाले ४ हजार ६ सय ३६ मत पाउनु भएको छ । प्रदेशसभामा पनि वामगठबन्धनकै अग्रता छ ।

Share It

Post Comments
थप समाचार