मंसिर २३ – मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र दिएको विषयमा विवाद हुँदा बिहीबार अर्घाखाँचीको एक मतदान केन्द्रमा रोकिएको मतदान शनिवार सुरु भएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ५ को मथुरा आधारभुत विद्यालयमा रहेको क र ख केन्द्रमा शनिवार विहान मात्रै मतदान भैरहेको छ । अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएपछि मतदाताले बुथ तोडफोड गरि मतपत्र च्यातिदिएका थिए ।
निर्वाचन अधिकृत सुरेन्द्र अधिकारीले हस्ताक्षर नगरेको मतपत्र मतपेटिकामा परेको स्वीकार गर्नुभएको थियो । मथुरा आधारभुत स्कुलमा मतदान रोकिएपछि अर्घाखाँचीमा अहिलेसम्म मतगणना सुरु भएको छैन् । त्यहाँको मतपेटिका सदरमुकाम ल्याएपछि मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ ।
Share It
Post Comments
थप समाचार