समाचार प्रदेश नंं ७ को शाख जोगाउँदै लेखक र देउवा
Ujyaalo

डडेल्धुरा, मंसिर २३ – प्रधानमन्त्री शेरबहादुर देउवाको गृहप्रदेश प्रदेश नम्बर ७ का अधिकांश निर्वाचन क्षेत्रमा वामगठबन्धनको अग्रता कायम छ । अहिलेसम्म प्रदेश नम्बर ७ का ३ जिल्ला दार्चुला, बझाङ र बाजुराको सबै निर्वाचन क्षेत्रमा वामगठबन्धनले जितिसकेको छ ।


अहिलेसम्म नेपाली काँग्रेसको अग्रता डडेल्धुराबाट प्रधानमन्त्री शेर बहादुर देउवा र कञ्चनपुर ३ बाट पूर्वमन्त्री रमेश लेखकले जोगाइरहेका छन् । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका देउवा माओवादी केन्द्रका खगराज भट्ट भन्दा दोब्बर भन्दा बढी मतले अगाडि हुनुहुन्छ भने कञ्चनपुर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लेखक, एमालेका दीपक प्रकाश भट्टभन्दा झिनो मतले अगाडि हुनुहुन्छ ।


ताजा मतपरिणाम अनुसार प्रधानमन्त्री देउवा ८ हजार ९२२ ल्याएर अगाडि हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका खगराज भट्टले ५ हजार ८२७ मत पाउनुभएको छ ।


कञ्चनपुर ३ मा भने एमालेका दीपक प्रकाश भट्टभन्दा पूर्वमन्त्री लेखक ४४ मतले मात्र अगाडि हुनुुहुन्छ । उहाँले ४ हजार ५४२ मत प्राप्त गर्नुभएको छ भने भट्टले ४ हजार ४९८ मत प्राप्त गर्नुभएको छ ।

 

Share It

Post Comments
थप समाचार