समाचार मतदान अधिकृतको हस्ताक्षर नै नभएको मतपत्र भेटिएपछि धनुषा ४ मा लफडा
Ujyaalo

जनकपुर, मंसिर २३ - केहि मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि धनुषा क्षेत्र नम्बर ४ को मतगणना रोकिएको छ । जनकपुर उपमहानगरपालिका १९ को मतदान केन्द्रका केहि मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएको हो ।

मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्रमध्ये केहिमा रुख र केहिमा सूर्यमा छाप लगाइएको छ । मतगणना रोकिदासम्म नेपाली कांग्रेसका महेन्द्र यादव १ सय ५७ मतले अघि हुनुहुन्छ ।

यादवले ३ हजार ७ सय ६७ मत पाउनु भएको छ भने दोश्रो स्थानमा रहेका संघीय समाजवादी फोरम नेपालका महाजन यादवले ३ हजार ६ सय १० मत पाउनु भएको छ । तेश्रो स्थानमा रहेका नेकपा एमालेका रघुवीर महासेठले २ हजार ७ सय ९८ मत पाउनु भएको छ ।

Share It

Post Comments
थप समाचार