समाचार काठमाडौं ७ मा गाई र तराजुको प्रतिस्पर्धा, सूर्यको मत दोब्बर
Ujyaalo

काठमाडौं मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेका रामवीर मानन्धरले अग्रता लिनुभएको छ । उहाँले राप्रपामका बिक्रमबहादुर थापालाई दोब्बर मतान्तरले पछाडि पार्नुभएको छ ।

काठमाडौं ७ मा विवेकशील साझा, संघीय समाजवादी र नयाँ शक्ति पार्टीले पनि आफ्नो उपस्थिती भएको देखाएका छन् ।

यो निर्वाचन क्षेत्रमा नेकपा एमालेरामवीर मानन्धरको ८ हजार ९ सय ९० राप्रपाका थापाको ४ हजार ९ सय ९५ , विवेकशीलकी अनुपा श्रेष्ठको २ हजार ६ सय ९ संघीय समाजवादीका ज्ञानेन्द्र मोहन श्रेष्ठको ९ सय ६९ र नयाँ शक्तिका ईश्वर रीजालको ३ सय १६ मत रहेको छ ।

Share It

Post Comments
थप समाचार