समाचार काठमाडौं २ मा विजयी नेपाललाई विवेकशील साझाका आचार्यको बधाई
Ujyaalo

काठमाडौं, मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता माधव नेपालसँग हार्नुभएका विवेकशील साझाका उम्मेदवार सूर्यराज आर्चायले बधाई दिनुभएको छ ।

उहाँले बधाई दिदै भन्नुभयो ‘प्रतिनीधिसभा सदस्यमा निर्वाचित एमाले नेता माधवकुमार नेपाललाई हार्दिक बधाईको साथसाथै सुंस्कृत राजनीतिक अभ्यास स्थापना, राष्ट्रिय विकास र समृृद्धिको जनअपेक्षामा योगदान गर्न शुभकामना दिन चाहन्छु ।’

छोटो समयमा आफ्नो पार्टीप्रति विश्वास गरेर मत दिई तेस्रो स्थानमा पुर्याउने मतदातालाई पनि उहाँले धन्यबाद दिनुभएको छ ।

काठमाडौं २ मा माधव नेपालले २७ हजार ३ सय ६३ मत ल्याएर विजयी हुनुभएको छ । तेस्रो स्थानमा रहनुभएका विवेकशील साझाका सुर्यराज आर्चायले ७ हजार ४ सय ३७ मत ल्याउनु भयो भने दोस्रो स्थानमा रहनुभएका कांग्रेसका दिपक कुईकेलले १४ हजार ९ सय ३ मत ल्याउनुभयो । ।

Share It

Post Comments
थप समाचार