समाचार एमाले उम्मेदवारलाई कांग्रेस उम्मेदवारले ३५६ मतले हराए
Ujyaalo


डडेल्धुरा, मंसिर २३ – डडेल्धुराको प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेस डडेल्धुराका सभापति समेत रहनु भएका कर्णबहादुर मल्ल १३ हजार ४ सय १३ मतसहित विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेकपमा एमालेका ताराप्रसाद जोशीले १३ हजार ५७ मत प्राप्त गर्नुभयो । यसअघि प्रदेशसभा ‘क’ मा नेकपा एमालेका पठान सिंह बोहरा विजयी हुनुभएको छ ।

यस्तै प्रनिनिधिसभामा कांग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा अगाडि रहनुभएको छ । मल्लले जोशीलाई तीन सय ५६ मतले हराउनुभएको हो ।

 

Share It

Post Comments
थप समाचार