समाचार पर्सामा आचारसंहिता उल्लंघन
Ujyaalo

पर्सा, मंसिर ८ – दोश्रो चरणको मतदान हुन १३ दिन बाँकी रहदा दलहरुले आचारसंहिता उल्लंघन गरेका छन् । निवार्चन आयोगले बनाएको अचारसंहितामा ७५ ग्रामसम्मको कागजमा ३०० वर्ग इन्चसम्म आकारको एउटै रङ र मुद्रकको नाम सहितको पर्चा बनाउन पाउने व्यवस्था गरिएको छ ।

तर दलहरुले आचारसंहितको उल्लंघन गर्दै रंगिन र आकर्षक पोष्टहरु बनाएका छन् । पर्सामा सबैभन्दा पहिला संघीय समाजवादी फोरम नेपालका क्षेत्र नं. ३ का उम्मेदवार हरिनारायण रौनीयारले रंगिन पोष्टर टाँस्न शुरु गरेका हुन् । रंगिन पोष्टर टाँस्न रोक नलागेपछि अरु उम्मेदवारले पनि रंगिन पोष्टर बनाएका छन् ।

रंगिन पोष्टर बनाउनेहरुमा फोरम नेपालको पर्सा क्षेत्र न.ं १ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादव, प्रदेशसभाका १ को “क”का जन्नत अन्सारी, चुनाव क्षेत्र नं ३ को. “ख” का प्रह्लाद गिरी, वाम गठबन्धनका छोटेलाल यादव चुनाव क्षेत्र नं. १ मा वाम गठबन्धनका उम्मेदवार बिचारी यादव ,रहवर अन्सारीले पनि रंगिन पोष्टर बनाएर आचारसंहिता उल्लंघन गरेका छन् ।

आचारसंहितामा लाउडस्पिकरको प्रयोगमा रोक लगाएको भए पनि सबै दलका उम्मेदवारहरुले चार पाङ्ग्रे गाडीमा लाउडस्पिकर राखेर प्रचार गरेका छन् । सार्वजनिक स्थलहरुमा समेत दलका झण्डा र ब्यानर छरिएको छ । तर निर्वाचन अधिकृतको कार्यालयको ध्यान गएको छैन ।

जिल्ला निर्वाचन कार्यलयले आचारसंहिता उल्लंघनका घटनाहरुको विषयमा जानकारी आएको जनाएको छ । आचारसंहिता उल्लंघनबारे दलका प्रतिनिधिहरुलाई बोलाएर छलफल गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता युवराज अधिकारीले जानकारी दिनुभयो ।

 

Share It

Post Comments
थप समाचार