समाचार दैलेखमा वाम गठबन्धनको क्लिन स्वीप, क्षेत्र नम्बर २ मा एमाले विजयी
Ujyaalo

दैलेख, मंसिर २४ – दैलेखमा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । दैलेखको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यामा एमालेका राजबहादुर बुढाक्षेत्री २३ हजार ३ सय २३ मतसहित विजयी भएसँगै प्रत्यक्षतर्फ दैलेखमा वाम गठबन्धनले क्लिन स्वीप गरेको हो ।

बुढाक्षेत्रीका प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवराज जोशीले १६ हजार ६ सय ३४ मत प्राप्त गर्नुभयो । दैलेखको क्षेत्र नम्बर १ मा पनि एमालेकै रवीन्द्रराज शर्मा विजयी हुनुभएको छ ।

यस्तै प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ को ‘क’ मा माओवादी केन्द्रका धर्मराज रेग्मी १० हजार ३ सय ६१ मतसहित विजयी हुनुभएको छ भने ‘ख’ मा एमालेका अम्मरबहादुर थापा १२ हजार ५ सय ६७ मतसहित विजयी हुनुभयो ।

यस्तै क्षेत्र नम्बर २ को ‘क’ मा एमालेका सुशीलकुमार थापा र ‘ख’ मा एमालेकै राजबहादुर शाही विजयी हुनुभएको छ ।

Share It

Post Comments
थप समाचार