समाचार काठमाडौं ५ मा रोकिएको मतगणना सुरु, एमाले महासचिव ईश्वर पोखरेल दोब्बर मतले अगाडि
Ujyaalo

काठमाडौं, मंसिर २४ –काठमाडौं क्षेत्र नम्बर ५ मा विवादका कारण रोकिएको मतगणना सुरु भएको छ । पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार इश्वर पोखरेल कांग्रेसका प्रकाशशरण महतभन्दा दोब्बर मतले अगाडि हुनुहुन्छ ।

पोखरेलले १५ हजार ४ सय ८१ मत ल्याउँदा महतको ८ हजार ८ सय ८८ मत आएको छ । यस्तै विवेकशील साझा पार्टीको ३ हजार ९ सय ९० मत छ ।

प्रतिनिधिसभामा काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये अब ५ नम्बरको मात्रै नतिजा आउन बाँकी छ ।

Share It

Post Comments
थप समाचार