समाचार पाँचथरमा विजयी गणेश काम्बाङले कुनै समय ७ भोटले चुनाव हारेका थिए
Ujyaalo

पाँचथर, मंसिर २४– पाँचथरको ख क्षेत्रबाट २१ हजार १० मत पाएर विजयी भएका गणेश काम्बाङले नरेन्द्र केरुङलाई दोश्रोपटक हराउनुभएको हो । २०७० सालमा भएको संविधानसभाको दोश्रो चुनावमा पनि उहाँले केरुङलाई नै हराउनुभएको हो । त्यतिबेला काम्बाङले १३ हजार ८२ मत र केरुङले ११ हजार ५ सय १८ मत पाउनुभएको थियो । संविधानसभाको पहिलो चुनावमा भने उहाँ काँग्रेसका पूर्णकुमार सेर्मासंग ७ मतको अन्तरले पराजित हुनुभएको थियो ।

याङवरक गाऊपालिका–६ नागी मुकुबुङमा २०१० बैशाख २० गते लालबहादुर काम्बाङ र लाखमोती काम्बाङको छोरा हुनुहुन्छ । २०३३ सालदेखि कम्यूनिष्ट राजनीतिमा सक्रिय रहेका काम्बाङलाई पार्टीभित्र निडर र लगनशील नेताका रुपमा चिनिन्छ । काम्बाङ एमालेको पूर्व जिल्ला सचिव, पूर्व केन्द्रीय सदस्य र हाल राष्ट्रिय परिषद सदस्य समेत हुनुहुन्छ ।

शिक्षाशास्त्र संकायमा प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका काम्बाङले थर्पू निमाविमा १७ बर्ष पढाउनुभएको थियो । चुनाब जितेपछि काम्बाङले पाँचथरबासीको सेवा, विकास र सम्बृद्धिको चाहना पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

 

Share It

Post Comments
थप समाचार