समाचार बैतडीमा सातसय जनाले अझै हतियार बुझाएनन्
Ujyaalo

बैतडी,मंसिर ९ – आइतबार चुनाव हुने बैतडीमा शनिबारसम्म पनि तीन सय चार जनाले मात्रै हतियार बुझाएका छन् । बैतडीमा अझै सात सय जना भन्दा बढीले हतियार बुझाएका छैनन् ।

आइतबार हुने प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षालाई मध्यनजर गर्दै हातहतियार खरखजना ऐन, २०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तिसँग रहेका इजाजत प्राप्त हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको थियो । सानाठूला गरी अहिलेसम्म तीन सय चार जनाले हतियार बुझाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो ।

बैतडीमा सानाठूला गरी १ हजार १ सय २९ इजाजत प्राप्त हतियार रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । हतियार नबुझाउनु निर्वाचन आचारसंहिता विपरीत भएकाले नबुझाउने व्यक्तिलाई कानुन अनुसार कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । चुनावलाई मध्यनजर गरेर बैतडीमा सुरक्षाव्यवस्था कडा पारिएको छ ।

 

Share It

Post Comments
थप समाचार