समाचार बाजुराका सबै मतदान स्थलमा चुनावको तयारी पूरा
Ujyaalo

निमेन्द्र शाही/उज्यालाे ।

बाजुरा, मंसिर ९ – प्रतिनिधि र प्रदेशसभा चुनाव आउँन केही घण्टा मात्र बाँकी हुँदा बाजुराका जिल्लाका नौ वटा स्थानीय तहमा रहेका ७० मतदानस्थलका एक सय मतदान केन्द्र निर्माण गरिएको छ । निर्वाचन आयोग र गृह मन्त्रालयले ३१ वटा अतिसंवेदनशील, ३१ वटा संवेदनशील र आठवटा मतदान स्थललाई समान्य स्थलको रुपमा वर्गिकरण गरेको छ । यी मतदान केन्द्रमा ७ सय ९९ जना कर्मचारी खटाइएको छ ।

चुनाव आउन केही घण्टामात्रै बाँकी हुदा बाजुराका विभिन्न स्थानमा शनिवार विहान बम विष्फोट भएको थियो । चुनावलाई लक्षित गरी बाजुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा व्यवस्था चुस्त भएकाले आइतबार ढुक्कसाथ मतदान गर्न प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बाजुराका मतदातालाई आग्रह गर्नुभएको छ ।

 

Share It

Post Comments
थप समाचार