समाचार जितेपछि यज्ञराजको पहिलो काम : मोलुङ जलविद्युत्को परीक्षण प्रसारण उद्घाटन
Ujyaalo

ओखलढुंगा, मंसिर २५ – ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद यज्ञराज सुनुवारले जिल्लाकै पहिलो जलविद्युत्का मोलुङ जलविद्युत् आयोजनाको परीक्षण प्रसारणको उद्घाटन गर्नुभएको छ । ७ मेगावाट क्षमता भएको आयोजना परीक्षण प्रसारण सुरु गरिएको हो । परीक्षण प्रसारण १५ दिनसम्म हुने र त्यसपछि औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी आयोजनाले गरेको छ ।

आयोजनाको टर्वाइनमा पानी खोल्दा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारका साथमा उनका प्रतिस्पर्धी एवं पूर्वसांसद रामहरि खतिवडा हुनुहुन्थ्यो । आयोजनाको शुभारम्भ गर्दै उहाँले उज्यालो ओखलढुंगा अभियान यहीबाट शुरु भएको बताउनुभयो । मोलुङ गाउँपालिका ७ मोलुङ खोलामा निर्मित आयोजना सदरमुकामको सबस्टेसनमार्फत केन्द्रीय प्रसारणमा जोडिनेछ । त्यसका लागि आवश्यक काम भइसकेको आयोजनाले जनाएको छ ।

Share It

Post Comments
थप समाचार