समाचार रेल गुडाउँछु भन्दा व्यड्ग्य गर्नेलार्इ फ्री टिकटमा रेलमा चढाउँछु : केपी ओली
Ujyaalo

तनहुँ, मंसिर ९ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासको क्रमलाई अब कसैले पनि रोक्न नसक्ने बताउनुभएको छ । वाम गठबन्धनले शनिबार तनहुँको दमौलीमा आयोजा गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले अबको प्रतिनिधि र प्रदेशसभाको चुनावपश्चात् देशमा वाम गठबन्धनको सरकार हुने भन्दै उहाँले वाम गठबन्धन सरकारको पहिलो प्राथमिकता विकास निर्माण कार्य रहेको बताउनुभयो ।

तनहुँकाे निर्वाचन क्षेत्र -१ मा बोल्दै उहाँले अब परिवर्तनको समय आएकाले तनहुँबासीले आफ्नो नेतासमेत परिवर्तन गर्नुपर्ने समय आएको बताउनुभयो । केरुङ – काठमाण्डौंं र काठमाण्डौं-पोखरा रेल मार्गको प्राविधिक काम अघि बढिसकेको भन्दै उहाँले भन्नुभयो ‘रेल गुडाउँछु भन्दा व्यड्ग्य गर्नेलार्इ फ्री टिकटमा रेलमा चढाउँछु ।’

 

Share It

Post Comments
थप समाचार