समाचार बझाङमा मतदाता तर्साउन बम विष्फोट गराइयो
Ujyaalo

बझाङ, मंसिर १० –बझाङको छविसपाथीभेरा गाउँपालिका वडा नम्बर ५ मा बिहान नचिनेको मानिसको समूहले बम विष्फोट गराएको छ ।

वडा नम्बर ५ को मतदान केन्द्र भन्द्र थलारा निमावि ब्यासीभन्दा झण्डै एक किलोमिटर टाढा जंगलमा बम पड्काएको प्रहरी नायव उपरीक्षक ऋषिराम कडेलले बताउनुभयो । एकाबिहानै मतदान केन्द्रको तयारीमा जुटेका कर्मचारी र स्थानीयबासिन्दा बमको आवाज सुनेपछि त्रसित बनेका छन् ।

शनिबार दिउँसो पनि छविसपाथीभेरा गाउँपालिकाको वडा नम्वर ४ को जंगलमा बम पड्किएको थियो । मतदान केन्द्र नजिकै भने सुरक्षा व्यवस्था निकै कडा पारिएको प्रहरी नायव उपरीक्षक कडेलले जानकारी दिनुभयो । साथै उहाँले मतदातालाई तर्साउन मतदान केन्द्रभन्दा टाढा बम विष्फोट गराएको हुन सक्ने बताउनुभयो ।

 

Share It

Post Comments
थप समाचार