समाचार प्रदेश नम्बर ५ का रुकुम (पूर्वि भाग) र रोल्पामा आज चुनाव
Ujyaalo

काठमाडौं, मंसिर १० – पहिलो चरणको चुनाव अन्तर्गत प्रदेश नम्बर पाँचका रुकुम पूर्वि भाग र रोल्पामा मतदान सुरु भएको छ । यी जिल्लामा दुईवटा मात्रै निर्वाचन क्षेत्र रहेका छन् । पहिलो चरणमा सबैभन्दा कम प्रदेश नम्बर पाँचमा मतदान हुन लागेको हो ।


प्रदेश नम्बर ५ का १२ जिल्लामा २६ वटा निर्वाचन क्षेत्र छन् । प्रदेश नम्बर ५ मा २७ लाख ४० हजार ८ सय ६४ जना मतदाता छन् । पहिलो चरणमा १ लाख ५५ हजार ५ सय ५७ जना मतदाताले मतदान गर्न पाउने छन् ।


यो प्रदेशमा १ हजार ६ सय १२ वटा मतदान स्थलमा ३ हजार ३ सय ६८ वटा मतदान केन्द्र छन् । यसमध्ये पहिलो चरणमा १ सय ११ वटा मतदान स्थलमा २ सय २ वटा मतदान केन्द्र छन् ।

 

Share It

Post Comments
थप समाचार