समाचार पूर्व उपप्रधानमन्त्री श्रेष्ठद्वारा मतदान
Ujyaalo

मंसिर १० – पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गोरखा क्षेत्र नम्बर २ को सिरानचोक गाउँपालिका ८ जौबारीस्थित परोपकार आदर्श मावि केन्द्रमा मतदान गर्नुभएको छ ।
वाम गठबन्धनबाट उम्मेदवार रहेका श्रेष्ठ लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग प्रतिस्पर्धामा हुनुहुन्छ । डा. भट्टराईले पालुङटारको अन्नपूर्ण माविमा मतदान गर्दै हुनुहुन्छ ।
त्यस्तै कांग्रेस नेता चिनकाजी श्रेष्ठले आरुघाट गाउँपालिका अन्तर्गत भिमोदय मावि र माओवादी नेता हरीराज अधिकारीले गण्डकी गाउँपालिका ५ दर्बुङको भगवति मावि मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ ।

Share It

Post Comments
थप समाचार