समाचार प्रदेश नम्बर एकका सात जिल्लामा आज मतदान हुँदै
Ujyaalo

काठमाण्डौं, मंसिर १०– पहिलो चरणको चुनाव अन्तरगत आइतबार प्रदेश नम्बर एकका सातवटा जिल्लामा मतदान हुँदैछ । सवैजसो जिल्लामा मतदान शुरु भइसकेको उज्यालो सहकर्मीहरुले जनाएका छन् ।

आज मतदान हुने जिल्लामा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, पाँचथर र संखुवासभा छन् । यी सबै जिल्लामा प्रतिनिधिसभाका लागि एक एक वटा र प्रदेशसभाका लागि दुई दुई वटा निर्वाचन क्षेत्र छन् ।

प्रदेश नम्बर एकमा २९ लाख ९३ हजार ७ सय ७४ जना मतदाता रहेकोमा पहिलो चरणमा ७ लाख १९ हजार १ सय ७६ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नम्बर एकका १ हजार ८ सय ६१ वटा मतदान स्थल र ३ हजार ७ सय ४३ वटा मतदान केन्द्र रहेकेमा आइतबार ६ सय ९६ मतदानस्थलका १ हजार २५ वटा मतदान केन्द्रमा चुनाव हुनेछ ।

 

Share It

Post Comments
थप समाचार