समाचार पश्चिम रुकुमको आठबिसकोटमा पाँच वटा बम विष्फोट
Ujyaalo

रुकुम, मंसिर १० – रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका –७, मा रहेको मनकामना प्राथमिक विद्यालय चुर्तीपाखा मतदानस्थल र वडा नम्बर –८, बयलडाँडामा रहेको बयलीगाउँ प्राथमिक मतदान केन्द्र नजिकै बम विस्फोट गराइएको छ ।

वम विष्फोट भए पनि मतदान भने रोकिएको छैन । मतदानलाई प्रभावित बनाउन वम विष्फोट गराइएको हुनसक्ने चुर्तीपाखा मतदान स्थालका मतदान अधिकृत मानवीर ओलीले जानकारी दिनुभयो ।

बयलीगाउँ मतदानस्थलका मतदान अधिकृत भिमबहादुर बुढाथोकीले पनि शान्तिपूर्वक मतदान चलिरहेको बताउनु भयो । चुर्तीपाखाँमा तीन वटा र बयलडाडाँमा दुईवटा गरी पाँचवटा बम विष्फोट गराइएकोे स्थानीयबासिन्दाले जनाएका छन् । तर जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले भने प्रहरीलाई कुनै जानकारी नभएको र सबै मतदान स्थालमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको बताउनुभयो । यो क्षेत्र विप्लव माओबादीको प्रभाव क्षेत्र हो । बम विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

 

Share It

Post Comments
थप समाचार