समाचार मनाङमा उत्साहका साथ मतदान हुँदै, २८ सय बढि मत खस्यो
Ujyaalo

श्यामशितल परियार/उज्यालो ।

मंसिर १० – हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मतदाताहरुले उत्साहका साथ मतदान गरिरहेका छन् । मतदाताहरु बिहानै मतदान केन्द्रमा पुगेको स्थानीय स्नेहा घलेले जानकारी दिनुभयो ।

मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले मनाङमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको जानकारी दिनुभयो । चार गाउँपालिका रहेको मनाङमा कुल मतदाता संख्या ५ हजार ८१ रहेको छ । अहिलेसम्म २८ सय बढि मत खसेको उहाँले बताउनुभयो ।

यहाँ २८ मतदान केन्द्र छन् । चुनावमा सुरक्षाका लागि ६५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । मनाङमा प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका टेकबहादुर गुरुङ र वामगठबन्धनबाट एमालेका पाल्देन छोपाङ गुरुङ चुनावी मैदानमा आमनेसामने हुनुभएको छ ।

प्रदेश सभा ‘क’ मा कांग्रेसका चिन्तबहादुर घले र एमालेका दोर्जे डेण्डुल गुरुङ चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । यसैगरी प्रदेशसभा ‘ख’ मा एमालेबाट आधिकारिक रुपमा टिकट पाएकी खण्डा लामाले उम्मेदवारी फिर्ता लिएसँगै स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनिने राजिव गुरुङ र कांग्रेसका कर्म गुरुङ चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।

Share It

Post Comments
थप समाचार