समाचार रुकुमको आठबीसकोटमा एसिड हालेर मतपेटिका जलाएपछि मतदान स्थगित
Ujyaalo

रुकुम, मंसिर १०– पश्चिम रुकुमको आठबीसकोटको एक मदतान केन्द्रमा नेकपाका कार्यकर्ताले मतपेटिकामा एसिड हालेर जलाएका छन् । आठविसकोट गाउँपालिका वडा नम्बर ११ को नेपाल राष्ट्रिय मावि गत्सैना मतदान केन्द्रको एउटा मतपेटिकामा एसिड हालेर आगो लगाएको प्रहरीले जनाएको छ ।

समानुपातिकतर्फको ख मतपेटिकामा एसिड हालेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरिक्षक ऋषी ढुंगानाले उज्यालोलाई जानकारी दिनुभयो । अहिले त्यहाँ मतादान स्थगित भएको उहाँले जानकारी दिनुभयो ।

मतपेटिकामा नेकपाका कार्यकर्ताले एसिड हालेको आशंकामा केशव खड्कालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । तर केही मतदाताले भने बुथमा नै खटिएका प्रतिनिधिले एसिड हालेको बताएको प्रहरीले जनाएको छ ।

Share It

Post Comments
थप समाचार