समाचार संखुवासभामा ३ बजेसम्म ६० प्रतिशत मतदान
Ujyaalo

संखुवासभा, मंसिर १० – संखुवासभामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा दिउँसो ३ बजेसम्म झण्डै ६० प्रतिशत मतदान भएको छ ।

जिल्लाका सबै मतदान केन्द्रमा अहिलेसम्म शान्तिपूर्ण ?पमा मतदान भइरहेको मुख्य निर्वाचन अधिृकतको कार्यालय संखुवासभाले जनाएको छ ।
जिल्लाका केही मतदान केन्द्रमा भने १२ बजेपछि निकै भिड देखिएको छ । १ प्रतिनिधि सभा र २ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको संखुवासभा १ लाख ५ हजार ८५ मतदाता रहेका छन् ।

जिल्लामा १ सय ३ मतदान स्थल र १ सय ५३ मतदान केन्द्रमा ५० प्रतिशतदेखि ६५ प्रतिशत सम्म मत खसेको कार्यालयले जनाएको छ । जिल्लामा ३५ अति संवेदनशील, ४५ संवेदनशील र २३ साधारण सुरक्षा निकायले अड्कल गरेपनि अहिलेसम्म कुनै पनि केन्द्रमा अप्रिय घटना नभएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले बताउनुभयो ।

यसैबिच सहरी विकास मन्त्री एवं प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार दिलनाथ गिरीले धर्मदेवी नगरपालिकाको आखिभुईं केन्द्रबाट मतदान गर्नु भएको छ भने पूर्व खानेपानी राज्य मन्त्री एवं प्रतिनिधिसभा उम्मेदवार दिपक खड्काले धर्मदेवी नगरपालिकाको आँखिभुर्इं केन्द्रबाट मतदान गर्नु भएको छ ।

यस्तै बाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार एमालेका राजेन्द्र गौतमले चैनपुर नगरपालिकाको चैनपुरबाट मतदान गर्नु भएको छ । जिल्लामा प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १० वटा दल र प्रदेशसभामा ८ वटा दलका उम्मेदवार चुनावी मैदानमा छन् ।

Share It

Post Comments
थप समाचार