समाचार रुकुमपूर्वमा ६५ प्रतिशत मत खस्यो, पश्चिमका २ वटा मतदान केन्द्रमा पुनः मंसिर २१ गते चुनाव हुने
Ujyaalo

रुकुम, मंसिर १०– रुकुमपूर्वमा ६५ प्रतिशत मत खसेको छ । विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा ६५ प्रतिशत मत खसेको रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले उज्यालोलाई जानकारी दिनुभयो ।

रुकुमपूर्वमा २७ हजार ९ सय २८ मतदाता रहेका छन् । स्थानीय तहको चुनावमा रुकुममा ७५ प्रतिशत मत खसेको थियो ।

२ वटा मतदान केन्द्रमा मंसिर २१ गते पुनः चुनाव हुने

मतपेटिकामा एसिड हालेर जलाइएका रुकुमको दुईवटा मतदान कन्द्रमा मंसिर २१ गते पुनः मतदान हुने भएको छ । रुकुम पश्चिमको बाँचीकोट गाउँपालिका–५ को रत्ना निमावी मतदान केन्द्र र आठबीसकोट नगरपालिका–१२ गत्तासैना मतदान केन्द्रमा पुनः चुनाव गरिने रुकुम पश्चिमका मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिनुभयो ।

रत्ना निमाविमा २ सय ५० र गत्तासैनामा ३ सय ६५ मत खसेपछि एसिड हालेर मतपत्र जलाइएकाले मतदान स्थगित भएको थियो । रत्ना निमाविको मतदान केन्द्रमा प्रतिनिधिसभाको र गत्तासैना मतदान केन्द्रमा समानुपातिकतर्फको मात्र मतदान हुने आयोगले जनाएको छ ।

 

Share It

Post Comments
थप समाचार