समाचार ओलीले बोल्दाबोल्दै बत्ती गएपछि...
Ujyaalo

बाँके, मंसिर ११ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपालगन्जको त्रिभुवनचौकमा सोमबार दिउसो ३ बजेलाई तय गरिएको चुनावी सभाको प्रमुख अतिथि हुनुहुन्थ्यो ।

लुम्बिनी, भैरहवा र बर्दियामा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गरेर अध्यक्ष ओली नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापासँगै झण्डै ५.४० बजेतिर कार्यक्रमस्थलमा पुग्नुभयो ।

अध्यक्ष ओलीले भाषण सुरु गर्नुभयो । तर उहाँ बोल्न सुरु गरेको ५ मिनेटमै बत्ती गयो । विद्युत कटौती भएपछि अध्यक्ष ओली काठमाडौं जानका लागि एयरपोर्टमा जहाज रोकिएको भन्दै विमानस्थलतर्फ प्रस्थान गर्नुभयो । चुनावी सभामा जेनेरेटरको व्यवस्था गरिएको भए पनि ओली आफूलाई ढिला भएको बताउँदै कार्यक्रमस्थलबाट बाहिरिनुभएको थियो । कार्यक्रममा उपस्थित भएका नागरिकले उदघोषकले ओली गैसकेको बताएपछि मात्रै थाहा पाएका थिए । नेपालगन्जको विकासका बारेमा कुरा गरिरहेका बेला बत्ती गएपछि ओली आफ्नो भाषणलाई बीचैमा छाडेर विमानस्थलतर्फ लाग्नुभएको हो।

उदघोषक रहनुभएका नेकपा एमालेका जिल्ला अध्यक्ष अशोक कोइरालाले सुरुमा माओवादी नेता बादललाई मन्तव्यका लागि बोलाएपछि एमाले अध्यक्ष ओली हतार भएको भन्दै सुरुमा बोल्नुभयो ।

संक्षिप्त मन्तव्यमा ओलीले स्थिरता, विकास र सम्वृद्धिका लागि वाम गठबन्धन बनेको बताउनुभयो । उहाँले ऐतिहासिक शहर नेपालगन्जलाई बृहत आधुनिक शहरका रुपमा विकास गरिने योजना सुनाउनुभयो । नेपालगन्जमा शिक्षा, स्वास्थ्यको विकाससँगै, हुलाकी सडकको छिटो निर्माण, चक्रपथ निर्माण, किसानका लागि सिचाई सुविधा र राप्ती करिडोरसँगै औद्योगिक विकास र मेडिकल कलेज स्थापना गर्ने अध्यक्ष ओलीले बताउनुभयो । माओवादी नेता बादलले नेपालमा एउटै कम्युनिष्ट पार्टी बन्ने बताउनुभयो

 

Share It

Post Comments
थप समाचार