समाचार उदयपुरमा कांग्रेस उम्मेदवारको घरमा लक्षित गरी बम विस्फोट
Ujyaalo

उदयपुर, मंसिर १२ – उदयपुरमा कांग्रेस नेताको घरमा बम विस्फोट भएको छ । उदयपुर क्षेत्र नम्बर १ मा प्रदेशसभाका कांग्रेस उम्मेदवार हिमाल कार्कीको त्रियुगा नगरपालिका–७ भान्टाबारीमा रहेको घरमा लक्षित बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार विस्फोटबाट घर नजिकैको गोठमा क्षति पुगेको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

Share It

Post Comments
थप समाचार