समाचार कार्यकर्ता कुटपिट गर्नेमाथि कारबाही माग
Ujyaalo

खोटाङ, मंसिर १२– सङ्घीय समाजवादी फोरम नेपाल खोटाङले आफ्नो कार्यकर्ता कुटपिट गर्नेमाथि कारबाही माग गरेको छ ।

दिप्रुङ गाउँपालिका–३, छोरम्बु मतदान केन्द्रमा प्रतिनिधिकारुपमा काम गरेर घर फर्कनेक्रममा आफ्नो क्रियाशील सदस्य प्रविण राईमाथि कुटपिट गर्ने छोरम्बुका दिपक बस्नेत, इष्टन बस्नेत र विशाल बस्नेतमाथि कारबाही माग गरेको हो ।

सङ्घीय समाजबादी फोरम नेपालका अध्यक्ष नविन राईले मंगलबार बिज्ञाप्ती प्रकाशित गर्दै नियोजितरुपमा बाटो ढुकेर आफ्ना कार्यकर्तामाथि आक्रमण गर्ने युवालाई पक्राउ गरेर कानूनी कारबाहीको माग गरेका हुन् ।

यस्तै, कात्तिक १४ गते दिक्तेलबाट घर फर्कँदै गरेका रुपाकोट मझुवागढी नगरपालिका–१२, जालपाका गाउँपार्टी सदस्य परशुराम राईलाई लोचा जंगलमा अज्ञात समुहले कुटपिट गरेको भन्दै सङ्घीय समाजबादी फोरम नेपालले भत्र्सना गरेको छ । पार्टीले आगामी दिनमा यस्ता घटना रोक्न प्रहरी र प्रशासन समक्ष माग गरेको छ ।

Share It

Post Comments
थप समाचार